इलाममा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २८ पुग्यो

छिनोफानो   आइतबार १९, असोज २०८२ ०२:५१

काठमाण्डाै – इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २८ जना पुगेको छ । गएराति गएको पहिरोमा परी माइजोगमाई गाउँपालिकामा ८ जनाले ज्यान गुमाएका छन् ।

यस्तै इलाम नगरपालिका–६ घोसमा ६, देउमाई नगरपालिकामा २, सन्दकपुर गाउँपालिकामा ३, माङसेबुङ गाउँपालिका–१ पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका–१ मा १ र सूर्योदय–१ मानेभञ्ज्याङमा ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामका विभिन्न ठाउँमा गरी अझै १२ जना हराइरहेका छन् । दर्जनौं घरमा क्षति पुगेको छ । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीमा पहिरोका कारण गम्भीर घाइते एक गर्भवतीसहित दुई जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु