डोटी।डोटीमा सरकारी मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।जिल्लाको केआईसिंह गाउँपालिका-४ चन्केसैनबाट गाउँपालिकाको केन्द्र वायलतर्फ आउँदै गरेको सु-प-प्र-०३००१ बा ००४६ नम्बरको मोटरसाइकल शनिबार दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक २१ वर्षका आशिष सिँजापती र पछाडि सवार २५ वर्षका कृष्ण पाण्डेय घाइते भएका छन्।
चालक सिँजापतीको अवस्था सामान्य रहेको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तर पछाडिबाट सवार पाण्डेय गम्भीर घाइते भएका छन्।उनलाई उपचारका लागि धनगढी ल्याइएको प्रहरीले जनाएको छ।दुर्घटनामा परेको मोटरसाइकल केआईसिंह गाउँपालिका-४ को वडा कार्यालयको भएको बुझिएको छ।
विदाको समयमा सरकारी मोटरसाइकल किन र कसरी प्रयोग गरिएको भन्ने विषय खुल्न बाँकी छ।प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
प्रतिकृया दिनुहोस