सुनको मूल्य बढ्दै,तोलामा २ लाख ३० हजार नाघ्यो

छिनोफानो   आइतबार १९, असोज २०८२ ०३:१३

काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य नयाँ रेकर्डसहित बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) तोलामा ७ हजार ४०० रुपैयाँले वृद्धि भई सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको हो।

यसअघि असोज १२ गते तोलाको मूल्य २ लाख २३ हजार २०० रुपैयाँमा सीमित थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढ्दै हाल तोलामा २ हजार ९३० रुपैयाँ पुगेको छ, जुन असोज १२ मा २ हजार ८१० रुपैयाँ थियो।महासंघका अनुसार आइतबार कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च दर हो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु