बाढी पहिरोमा परी मृतकको सङ्ख्या ४९ पुग्यो, सात बेपत्ता

छिनोफानो   आइतबार १९, असोज २०८२ ०३:२२

काठमाडौं । बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो अपडेटअनुसार मृतकको सङ्ख्या ४९ पुगेको हो । उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार मृतकहरुमध्ये इलाममा ३७ जना, उदयपुरमा २ जना, खोटाङमा १ जना र पाँचथरमा ६ जनाको ज्यान गइसकेको छ । त्यसैगरी मधेशको रौतहटमा ३ जनाको ज्यान गएको छ । सोहीअनुसार बेपत्ता हुनेमा इलाममा एक जना, बारामा १ जना, रसुवामा ४ जना र काठमाडौंमा १ जना गरी ७ जना बेपत्ता छन् । 

सोहीअनुसार घाइते हुनेमा इलाममा ७ जना, उदयपुरमा १ जना, खोटाङमा ३ जना, भोजपुरमा २ जना, पाँचथरमा ६ जना र मकवानपुरमा १ जना गरी २० जना छन् ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु