काठमाडौँ।देशभर हाल मनसुनी वायुको प्रभाव जारी रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ।
महाशाखाले दिएको जानकारीअनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि कोशी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहने अनुमान गरिएको छ।
प्रतिकृया दिनुहोस