काठमाडौँ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालैको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत नेपाललाई आवश्यक पर्ने कुनै पनि सहयोग गर्न तयार रहेको बताएका छन्।
प्रधानमन्त्री मोदीले आइतबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै भनेका छन्,“नेपालमा गएको बाढीपहिरो र वर्षाका कारण भएको जनधनको क्षति अत्यन्त पीडादायी छ।भारत सरकार आवश्यक पर्ने कुनै पनि सहयोग गर्न प्रतिबद्ध छ।”
उनले नेपालप्रति समवेदना व्यक्त गर्दै भारत सधैं मित्रवत् छिमेकीका रूपमा नेपालसँगै रहने उल्लेख गरेका छन्।
प्रतिकृया दिनुहोस