धनगढी । सुदूरपश्चिमका वरिष्ठ डेउडा गायक नरेन्द्रराज रेग्मीको लय तथा शब्दमा रहेका “उई भट्टका खाजा” डेउडा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रकाश थापा र देवी घर्तीको स्वर रहेको उक्त गीत नरेन्द्रराज रेग्मी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
मधुमाला रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको उक्त गितले हाम्रो समाजमा रहेका यथार्थ घटनाहरूलाई चित्रण गरेको छ । डेउडा गायक तथा सर्जक रेग्मीले शब्द रचना गर्नु भएको यो गीत माया प्रेममा आधारित छ ।
उक्त म्युजिक भिडियोमा ललित साउँद भवानी रेग्मी, र सीमा खड्काको अभिनय रहेको छ । भवानी रेग्मीले निर्देशन गर्नु भएको उक्त गीत सुदूरपश्चिमको कैलालीका विभिन्न ठाउँमा छायाङ्कन गरिएको छ ।
भिडियो हेर्नका
प्रतिकृया दिनुहोस