काठमाण्डाै – बडादशैँको बिदा सकिएसँगै सरकारी कार्यालयहरूमा चलहपहल शुरू भएको छ । सिंहदरबारसहित देशभरका सरकारी कार्यालयहरूमा चहलपहल शुरू भएको हो ।
यस वर्ष असोज १६ गते दशैँको टीका रहेको थियो । त्यसपछिका ५ दिन कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो ।
अब दशैँको बिदा सकिएसँगै सरकारी कार्यालयहरूमा कर्मचारीको चहलपहल शुरू भएको हो । सिंहदरबारमा पनि कर्मचारी आएर काम शुरू गरिसकेका छन् । दशैँमा सुनसान बनेको सिंहदरबारमा चहलपहल बढेको छ ।
प्रतिकृया दिनुहोस