आईसीसी टी-२० विश्वकप एशिया छनोट सुरू,नेपालको पहिलो भिडन्त कुवेतसँग

छिनोफानो   बुधबार २२, असोज २०८२ ११:१६

काठमाण्डौ।आईसीसी टी-२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा शुरू हुँदैछन्।पहिलो दिन नेपालले आज कुवेतसँग खेल्दैछ।खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ।

टी-२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको छ।नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेतसँगै जापानसँग पनि खेल्नेछ।

समूहको शीर्ष दुईमा रहने टोली सुपर-सिक्समा पुग्नेछ।सुपर-सिक्समा ६ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकप खेल्न पाउनेछन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु