नेपाल र जापान टी–२० विश्वकप छनोटको सुपर ६ मा प्रवेश

छिनोफानो   शुक्रबार २४, असोज २०८२ ११:३७

काठमाण्डौ – नेपाल र जापान आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ मा प्रवेश गरेका छन् । हिजाे जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपाल पनि सुपर ६ मा प्रवेश गरेको हो ।

समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । जापान भने दोस्रो स्थानमा छ ।

लगातार दुई हार बेहोरेको कुवेत भने समूह चरणबाट बाहिरिएको छ । अब नेपालले समूह चरणको अन्तिम खेल आज जापानसँग खेल्नेछ । यही खेलले समूहको विजेता टुङ्गो लाग्ने छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु