प्रहरीको पेस्तोल लुटेर ल्याउने कैलालीका आकाश पक्राउ

छिनोफानो   बुधबार २२, असोज २०८२ १२:१७

काठमाडौँ । काठमाडौँको कोटेश्वर प्रहरी प्रभागबाट लुटिएको पेस्तोल कैलालीमा भेटिएको छ । जेनजी प्रदर्शनमा लुटिएको टाइप–५४ पेस्तोल सहित इलाका प्रहरी कार्यालय सुखडको टोलीले एकजनालाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार घर भएका २३ वर्षीय आकाश शाहीलाई पक्राउ गरिएको सुखडका डिएसपी रमेश दत्त अवस्थीले बताए । शाहीको घरबाट प्रहरीले म्याग्जिनसहितको पेस्तोल बरामद गरेको छ । सोधपुछको क्रममा उनले भदौ २४ मा भएको प्रदर्शनमा हतियार लुटेको बताएका छन् ।

शाहीलाई मुद्दा चलाउनेबारे काठमाडौँ प्रहरीसँग समन्वय भइरहेको डिएसपी अवस्थीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु