काठमाडौँ।पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले गुप्ता र श्रेष्ठसँगै तत्कालीन मालपोत अधिकृत रामचन्द्र अधिकारी, सुजनकुमार तामाङ, एमकुमारी गुरुङ, तुल्सीराम बुढामगर र खेमबहादुर पुनलाई प्रतिवादी बनाएको हो।
१३४ रोपनी लिचीबगान जग्गा हिनामिना प्रकरणमा अडियो सार्वजनिक भएपछि मुद्दा अघि बढाइएको आयोगले जनाएको छ।
अख्तियारले पूर्वमन्त्रीद्वयसहित चार जनासँग ७८ लाख र पुनसँग २५ लाख बिगो माग गरेको छ।
यसैगरी पूर्वमन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ।
प्रतिकृया दिनुहोस