काठमाडौँ।सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा हाल पश्चिमी वायुको प्रभाव देखिएको छ।गण्डकी प्रदेशमा पनि यसको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको असरस्वरूप सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यतया बदली भएको छ। बाँकी पहाडी भूभागमाआंशिक बदली रही तराई क्षेत्र मुख्यतः सफा रहेको छ।
गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली, लुम्बिनी र बागमती प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भागहरूमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही कतैकतै हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ।
प्रतिकृया दिनुहोस