धनगढी । अछामको ढकारी गाउँपालिकामा बाघको आक्रमणबाट दश बाख्रा मरेका छन । बुधवार स्थानीय शर्मिला साउँदका बनमा चराउन लगेका १० बाख्रालाई बाघले मारेको हो । करिब ६० बाख्रालाई गाउँ नजिकैको लालीगुराँस सामुदायिक वनमा चराउन लगेको बेला बाघले १० बाख्रा मारेको बर्दादेवी कृर्षी तथा पशुपन्छी फर्ममा सञ्चालक हिक्मत साउँदले बताए । बेलुका बनबाट बाख्रा घर आएपछि बाख्रा कम हुँदा बनमा गएर खोज्दा मरेको अवस्थामा भेटिएको उनले बताए ।
बनमा रहेको कुरीको झालमा लुकेको बाघले ५ बाख्रा पूर्ण रूपमा खाएको र ५ बाख्रालाई मारेर छोडेको भेटिएको साउँदको भनाई छ । आफूले देशमै केही गर्नु पर्छ भनेर ब्यावसाय सञ्चालन गरेको भए पनि यसरी बाघले नजिकैको जङ्गलमा बाख्रा मार्न थाले पछि निकै ब्यावसाय सञ्चालनमा निकै समस्या भएको गुनासो गरे ।
प्रतिकृया दिनुहोस