आगलागी भएको मालपोत कार्यालयमा जग्गाधनीको श्रेस्ता कायम गर्न झन्झटिलो व्यवस्था

छिनोफानो   शुक्रबार २४, असोज २०८२ ११:३२

काठमाण्डौ – जेनजी आन्दोलनको क्रममा आगजनीका भएका मालपोत कार्यालयमा जग्गाधनीहरुले श्रेस्ता कायम गर्न झन्झट व्यहोर्नुपर्ने भएको छ । आगलागी भएका कार्यालयबाट अभिलेख मेटिएपछि जग्गाधनीलाई स्वयं उपस्थित भएर विभिन्न ११ थरी कागजात पेस गर्न भनिएको छ ।

काठमाण्डौको कलंकी, कास्की लगायतका विभिन्न मालपोत कार्यालयहरुले सूचना निकालेर विभिन्न ११ थरी कागजातसहित श्रेस्ता कायमका लागि निवेदन दिन भनेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार श्रेस्ता कायम गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, जग्गा रहेको पालिकाबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गा धनी यकिन गर्न स्थायी ठेगाना भएको पालिकाको तीन पुस्ते फोटो टाँससहितको सिफारिस, जग्गा धनीसँग भएको सक्कल पुर्जा लगायतका कागजात चाहिन्छ ।

जेनजी आन्दोलनको क्रममा काठमाण्डौको कलंकी, कास्की, भरतपुर, बाँके, घोराही, तुलसीपुर, मोरङ, बुटवल, धनगढी र खैरहनीसहित २१ मालपोत कार्यालयमा आगजनी भएको थियो । यसैबीच पोखरा उद्योग वाणिज्य सङ्घले जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै मालपोत कार्यालय कास्कीले निकालेको सूचना अव्यवहारिक भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वको प्रतिनिधिमण्डलले हिजो मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पौडललाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु