काठमाण्डौ।नेकपा एमालेको सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आउँदो मङ्सिरमा आयोजना गर्ने निर्णय गरेको छ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुमा बसेको बैठकले आउँदो मङ्सिर अन्ति हप्तामहाधिवेशन आयोजना गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
महाधिवेशनको मिति र ठाउँ यही असोज २९, ३० र ३१ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले तय गर्ने उनले बताए।बैठकले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने मागसमेत गरेको छ।दलहरुले निर्बाध ढङ्गले गतिविधि गर्ने अवस्था नभएकोले चुनावमा जाने अवस्था नभएको एमालेको ठहर छ ।
एमालेले राष्ट्रियता, लोकतन्त्र र संविधान पक्षधर दलहरुलाई एकताबद्ध रुपमा अघि बढ्न आग्रह पनि गरेको छ।यस्तै एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष ओलीमाथि राजीनामाको दबाब बढे पनि उनले राजीनामा नदिने अडान लिनुभएको छ।
प्रतिकृया दिनुहोस