काठमाडौं। हमासले मारिएका नेपाली विद्यार्थी विपिन जोशीसहित ४ जनाको शव सोमबार हस्तान्तरण गरेको छ।
हमासको सशस्त्र समूह कसम ब्रिगेडले सोमबार जोशीसहित ४ जना कैदीबन्दीको शव रेडक्रसका अधिकारीहरुलाई हस्तान्तरण गरेको जनाएको हो। हमासको उक्त सशस्त्र समूहले एक विज्ञप्ति जारी गर्दै विपिन मृतक बन्दीहरूको पहिचान गाइ इलोज, योसी शाराबी र डेनियल पेरेजको रूपमा गरेको छ।
यसअघि सोमबार नै हमासले गाजामा रहेका सबै २० जना जीवित कैदी बन्दीहरूलाई रिहा गरिसकेको हो ।
प्रतिकृया दिनुहोस