वीरगञ्जबाट भन्सार छलीको २ किलो सुन र १० किलो चाँदी बरामद

छिनोफानो   मङ्गलबार २८, असोज २०८२ १२:१७

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयाको राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार दुई सय ५४ ग्राम सुन र १० हजार तीन सय ५४ ग्राम चाँदी बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–८ को अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा यो परिमाणको सुन र चाँदी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु