सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको २ लाख ४८ हजार ९०० पुग्यो

छिनोफानो   बुधबार २९, असोज २०८२ ११:५५

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४८ हजार पाँच सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर तोलाको तीन हजार दुई सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार तीन सय २५ रुपैयाँ थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु