मधेशको मुख्यमन्त्रीमा लोसपाका सोनलको दाबी पेश

छिनोफानो   बुधबार २९, असोज २०८२ १२:२५

काठमाण्डौ – मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनलले दाबी पेश गर्नुभएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

काँग्रेस र एमालेबाहेकका दलहरु जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीको समर्थनमा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ ।

सोनललाई ५ दलका ५६ प्रदेशसभा सदस्यहरुको समर्थन प्राप्त भएको छ । मधेशमा सरकार निर्माणका लागि एक सय ७ सदस्यीय प्रदेश सभामा ५३ प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु