काठमाण्डौ – आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र बङ्गलादेश खेल्दैछन् । यो खेल दिउँसो सवा ३ बजे विशाखापटनममा शुरू हुनेछ । अस्ट्रेलिया ४ खेलमा ७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।
बङ्गलादेश ४ खेलमा २ अङ्कसहित छैटौं स्थानमा छ । महिला एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म चार पटक भेट भएकोमा सबै खेल अस्ट्रेलियाले जितेको छ ।
यस्तै एकदिवसीय विश्वकपमा यी दुई टोलीबीच एक पटक भेट भएकोमा अस्ट्रेलिया विजयी भएको छ ।
प्रतिकृया दिनुहोस