काठमाण्डौ – मुग्लिन–नारायणघाट सडकखण्डको चितवन गाईघाटमा सात वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटमा बिहान सातवटा गाडी एकआपसमा ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेशनल सिटी अस्पतालमा उपचार भइरहेको छ ।
ना ८ ख ६६२९ नम्बरको ट्रक र बा ४ ख ७४२० नम्बरको बस, बसको पछाडि रहेको ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसपछाडिको माइक्रोसहित ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको जीप, बिएबी ८४७० नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेमध्ये १३ जनाको नेशनल सिटी अस्पतालमा, चारको जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा भएको थप क्षतिको विवरण आउन बाँकी छ ।
अन्तिम अपडेट: कात्तिक १, २०८२
प्रतिकृया दिनुहोस