कञ्चनपुरमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

छिनोफानो   मङ्गलबार २६, कार्तिक २०८२ १२:४८

कञ्चनपुर  । कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।  जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ दैजीस्थित शंकर इँटा भट्टा नजिक सडकको कल्भर्ट भित्र मङ्गलबार बिहान बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको हो ।

पूर्व–पश्चिम राजमार्ग जाने सडकको कल्भर्ट भित्र सडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

सडक छेउमा गन्ध आएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले बेवारिसे अवस्थामा फेला परेको शव निकाल्ने कार्य गरिरहेको प्रनाउ बोहराले बताउनुभयो । मृतको परिचय भने खुल्न बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु