अन्तरनिर्वाचन क्षेत्र मतदान र विदेशमा रहेका नेपालीको मतदाधिकारबारे गृहकार्य

छिनोफानो   शुक्रबार २९, कार्तिक २०८२ ११:१२

काठमाण्डौ – सरकारले अन्तरनिर्वाचन क्षेत्र मतदान र विदेशमा रहेका नेपालीको मताधिकारबारे छलफल थालेको छ । यसबारे अध्ययन गर्न संयन्त्र गठन पनि गठन भएको छ । यस विषयमा गर्न सकिने काम, लागत र कानूनी संरचनाका विषयमा सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्माको नेतृत्वमा संयन्त्र गठन भएको हो ।

संयन्त्रमा कानून मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना र निर्वाचन आयोगका प्रतिनिधि सदस्य छन् । यस्तै निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि निर्वाचन कार्यक्रम तयार पारेर दलहरुसँग छलफल थालेको छ ।

दलहरुको सुझावको आधारमा निर्वाचन कार्यक्रमलाई अन्तिम रूप दिने आयोगको तयारी छ । यस्तै मतदाता सूचीमा नाम दर्ता गर्ने समय सकिन केही दिन मात्रै बाँकी रहँदा आयोगले राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले घरमै बसेर पनि नाम समावेश गर्न पाइने व्यवस्था गरेको छ ।

विदेशमा रहेका नेपाली नागरिकले पनि राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनबाट मतदाता नामावलीमा नाम भर्न सक्नेछन् । नयाँ व्यवस्था अनुसार राष्ट्रिय परिचयपत्र भएका नेपाली नागरिकले अनलाइनबाटै मतदाता नामावलीमा नाम लेखाउन पाउनेछन् ।

मतदाता सूचीमा नाम दर्ताका लागि राष्ट्रिय परिचय पत्र बनाउँदा लिइएको व्यक्तिको जैविक तथ्याङ्क अर्थात् बायोमेट्रिक्स प्रयोग गर्ने निर्णय भएको हो । आयोगले मतदाता नामावलीमा नाम दर्ताको लागि पर्सि आइतवारसम्मको समयसीमा तोकेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु