आईपीएल २०२६ : जडेजा एक दशकपछि राजस्थानमा फर्किए, सामसन चेन्नईकाे टाेलीमा

छिनोफानो   शनिबार ३०, कार्तिक २०८२ ०३:३१

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का लागि राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स लगायत धेरै टोलीहरूबीच खेलाडी साटासाट भएको छ ।

क्लबबीचको सम्झौता अनुसार चेन्नई सुपर किङ्ग्सका रवीन्द्र जडेजाले अब अर्को सिजनमा राजस्थान रोयल्सबाट खेल्नेछन् । आईपीएलको आधिकारिक वेबसाइटका अनुसार राजस्थानले जडेजालाई १४ करोड भारु दिएर आफ्नो टोलीमा समावेश गरेको हो । चेन्नईले उनलाई १८ करोड भारु प्रस्ताव गरिरहेको थियो । जडेजा एक दशकपछि राजस्थानमा फर्किएका हुन् ।

यसका साथै इङ्ग्ल्यान्डका अलराउन्डर साम करनलाई पनि राजस्थानले २ करोड ४० लाख भारुमा चेन्नईबाट आफ्नो टोलीमा समावेश गरेको छ ।

यसैबीच चेन्नईले राजस्थानका कप्तान सन्जु सामसनलाई १८ करोड भारुमा आफ्नो टोलीमा समावेश गरेको छ ।

यस्तै तीव्र गतिका बलर मोहम्मद शमीलाई लखनउ सुपर जायन्ट्सले १० करोड भारुमा सनराइजर्स हैदराबादबाट आफ्नो टोलीमा समावेश गरेको छ ।

यस्तै मुम्बई इन्डियन्सले मयंक मार्कन्डेलाई कोलकाता नाइट राइडर्सबाट, लखनउले अर्जुन तेन्दुलकरलाई मुम्बईबाट, दिल्ली क्यापिटल्सले नितिश राणलाई राजस्थानबाट र राजस्थानले दक्षिण अफ्रिकी अलराउन्डर डोनोभन फेररालाई दिल्लीबाट आफ्नो टोलीमा समावेश गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु