तडी।बैतडीमा एक पुरुष मृत फेला परेका छन्।जिल्ला सदरमुकाम नजिकै दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकका ४० बर्षीय कपील जोशी शनिबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।शुक्रबार घरबाट निस्केका जोशी शनिबार दशरथचन्द नगरपालिका-४ बबेत भन्ने स्थानमा मृत फेला परेका हुन्।
जोशी घरमा नआएपछि खोजी गर्दै जाँदा उनी बबेत भन्ने स्थानमा घोरेटो बाटोबाट अन्दाजी १० मिटर तल मृत फेला परेका प्रहरी निरीक्षक सिंहले बताए।घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिकृया दिनुहोस