त्रिवि रङ्गशालाको पहिलो चरणमा निर्माण सम्पन्न प्यारापिट र फ्लडलाइट हस्तान्तरण हुँदै

छिनोफानो   आइतबार ०१, मङि्सर २०८२ १२:२४

काठमाण्डाै – काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि रङ्गशालामा पहिलो चरणमा निर्माण सम्पन्न भएको प्यारापिट र फ्लडलाइट नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिता सञ्चालनका लागि औपचारिक रूपमा आज हस्तान्तरण हुँदैछ ।

शहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई प्रतियोगिता सञ्चालनका लागि हस्तान्तरण गर्न लागेको हो । रङ्गशालामा जडान भएका छ वटै फ्लडलाइट बेलुका बालेर पहिलो चरणमा निर्मित संरचना प्रतियोगिता सञ्चालनका लागि क्यानलाई स्वीकृति दिइने सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ड इन्जिनियर चक्रवती कण्ठले जानकारी दिनुभयो ।

एनपीएल लगत्तै दोश्रो चरणको काम पनि शुरु हुने उहाँले बताउनुभयो । भोलिदेखि त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुने दोस्रो संस्करणको एनपीएल क्रिकेटको सबै तयारी पूरा भएको छ ।

क्यानले नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाउने गरी खेलतालिका गएको आइतवार नै सार्वजनिक गरिसकेको छ । प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्स र काठमाण्डु गोर्खाजले खेल्नेछन् । खेल दिउँसो चार बजे शुरु हुनेछ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु