सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले घट्यो

छिनोफानो   मङ्गलबार ०३, मङि्सर २०८२ १२:४५

काठमाण्डौ – सुनको भाउ आज तोलामा तीन हजार आठ सय रुपैयाँले घटेको छ । सुन आज तीन हजार आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४३ हजार तीन सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी पनि आज तोलामा ६५ रुपैयाँले घटेको छ । चाँदी आज ६५ रुपैयाँले घटेर तोलाको तीन हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय ५५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु