राष्ट्र सुरक्षा परिषदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत २० बुँदे गाजा योजनासम्बन्धी प्रस्तावलाई समर्थन गर्दै मतदान गरेको छ । यस योजनामा इन्टरनेशनल स्टेबिलाइजेशन फोर्स गठन गर्ने प्रावधान राखिएको छ । जसका लागि विभिन्न देशहरूले सहयोग गर्न इच्छा देखाएका बीबीसीले उल्लेख गरेको छ ।
ब्रिटेन, फ्रान्स र सोमालियासहित १३ देशले प्रस्तावको पक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान भएन । रूस र चीन भने मतदान प्रक्रिया बाट अलग रहेका छन् । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले यो प्रस्ताव पारित हुनु युद्धविराम सुदृढ गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताएका छन् ।
तर हमासले भने अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको घोषणा गरेको छ । उसले यो योजना प्रति आपत्ति जनाएको छ ।
प्रतिकृया दिनुहोस