सुदूरपश्चिम प्रदेशसभा सचिवालय पुनर्निर्माणको अन्तिम चरणमा

छिनोफानो   बुधबार ०४, मङि्सर २०८२ १०:४८

धनगढी।जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त सुदूरपश्चिम प्रदेशसभा सचिवालय पुन: सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ।

सचिवालयले रङरोगनदेखि सामान्य मर्मतसम्मको काम सकाइसकेको छ।पूर्ण रूपमा जलेर नष्ट भएको बैठक हल पुनर्निर्माणका लागि विभिन्न संघ-संस्थासँग सहकार्य भइरहेको छ। करिब १ करोड रुपैयाँको लागतमा काम अघि बढाइएको छ।

 

सूचना अधिकारी युवराज जैशीका अनुसार युएनडिपी र युएनएफपिएले बैठक हलमा आवश्यक माइक, टिभी, क्यामेरा लगायत उपकरणका लागि ४३ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।

फलसिलिङका लागि सहरी विकासले १० लाख रुपैयाँ खर्च अनुमान गरेको छ। बाँकी संरचना मर्मत र फर्निचर बाहेक ५१ लाख रुपैयाँ खर्च हुने छ।

प्रदेशसभा बैठक उपयुक्त हल नभएकाले तीन महिनादेखि नियमित बैठक बस्न सकेको छैन। सभामुख भिम बहादुर भण्डारीले मंसिरभित्रै बैठक सञ्चालन गर्ने लक्ष्य राखेको जानकारी दिए।विभिन्न संघ-संस्थासँग सहकार्य गर्दै काम अगाडि बढाइरहेका छौँ, १५-२० दिनभित्र काम सम्पन्न हुने अपेक्षा छ,उनले भने।

प्रदेश सरकार र सचिवालयले प्राविधिक तथा व्यवस्थापकीय प्रक्रिया तीव्र पारी पुनर्निर्माणको काम पूरा गर्ने तयारी गरिरहेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु