सुदूरपश्चिममा १५ हजारभन्दा बढी मतदाता थपिए

छिनोफानो   बुधबार ०४, मङि्सर २०८२ १०:५०

धनगढी।सुदूरपश्चिम प्रदेशमा १५ हजारभन्दा बढी मतदाता थपिएका छन्।प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमले दिएको जानकारीअनुसार प्रदेशभर १५ हजार १८६ मतदाता थपिएका छन्।प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार १० असोज यता सबैभन्दा बढी कैलाल र कञ्चनपुरमा मतदाता थपिएका छन् ।

कैलालीमा छ हजार ९३ जना मतदाता थपिएका छन्।यस्तै,कञ्चनपुरमा तीन हजार ७२२ जना र दार्चुलामा एक हजार १४९ मतदाता थपिएका छन्।अछाममा नौ सय छ, बझाङमा आठ सय ५८, बाजुरामा सात सय २७, बैतडीमा छ सय ९५, डडेल्धुरामा पाँच सय ३५ र डोटीमा पाँच सय एक जना मतदाता थपिएका भट्टले जानकारी दिए।

०७९ सालमा भएको निर्वाचनमा सुदूरपश्चिमभरि मतदाता संख्या १६ लाख ५८ हजार थियो।प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता हुने जानकारी दिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु