एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको जहाज अवतरण गर्न नदिने भन्दै सिमरामा प्रदर्शन

छिनोफानो   बुधबार ०४, मङि्सर २०८२ ०१:०६

काठमाडौं । सिमरामा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत चढेको जहाज अवतरण गर्न नदिने भन्दै युवाहरुले प्रदर्शन थालेपछि काठमाडौंबाट उड्न लागेको जहाज रोकिएको छ ।

विमानस्थलमा विमान चढिसकेपछि पनि यात्रुलाई फिर्ता गराइएको पत्रकार राजन कुइँकेलले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

“शंकर पोखरेल र महेश बस्नेत जाने थाहा पाएपछि हाम्रो विमानलाई अवतरण नदिने भएपछि काठमाडौं विमानस्थलबाट विमानमा चढिसकेका यात्रुलाई ओरालिएको छ,” उनले भनेका छन्, “विमानस्थल नै बन्द गर्ने काम राम्रो होइन । यो गम्भीर विषय हो ।”

बुध्द एयरको जहाज काठमाडौंबाट उड्नै लागेका बेला सिमराबाट यस्तो खबर आएपछि रोकिएको थियो ।  अब विमान जाने कि नजाने टुंगो नभएको कुइँकेलले बताएका छन् । बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार विमानस्थल वरिपरि भीड बढेको छ । 

“अहिले भीड बढेको छ,” उनले बाह्रखरीसँग भने, “हामीले भीड नबढाउन अनुरोध गरेका छौँ ।”

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु