कीर्तिपुरमा साँझपख एनपीएल हेरेर फर्कनेहरुलाई निःशुल्क बसको व्यवस्था

छिनोफानो   बिहिबार ०५, मङि्सर २०८२ ११:४६

काठमाण्डौ – कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भैरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेरेर घर फर्किने दर्शकलाई निःशुल्क बसको व्यवस्था शुरू भएको छ । एनपीएल हेर्ने दर्शकलाई सहज बनाउन नेपाल क्रिकेट सङ्घ (क्यान) र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा काठमाण्डौ उपत्यकामा निःशुल्क बसको व्यवस्था गरिएको हो ।

क्यानका अनुसार यो सुविधा एनपीएल हेर्न पुगेका तर गाडी नभएका विशेषगरी महिला, वृद्ध र अशक्तता भएका व्यक्तिले पाउनेछन् । उनीहरुका लागि चार वटा रुट निर्धारण गरी बेलुकी ६ बजेदेखि ८ बजेसम्म बस सेवा सञ्चालन हुनेछ ।

पहिलो रुटको बस त्रिवि गेट–स्वयम्भु हुँदै बालाजु जानेछ । दोस्रो रुट त्रिवि गेट–स्वयम्भु–बालाजु हुँदै महाराजगञ्ज पुग्नेछ । त्यस्तै तेस्रो रुट त्रिवि गेट–बल्खु–कालिमाटी–थापाथली–बानेश्वर–तीनकुने–गौशाला हुँदै चाबहिल पुग्नेछ । चौथो रुट त्रिवि गेट–बल्खु–सानेपा–एकान्तकुना–सातदोबाटो हुँदै कोटेश्वरसम्म पुग्ने क्यानले जनाएको छ । निःशुल्क बस सुविधा हिजोदेखि शुरू भएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु