जिल्ला अस्पताल बैतडीमा ब्लड बैंक स्थापना हुने तयारी

छिनोफानो   बिहिबार ०५, मङि्सर २०८२ ११:४९

बैतडी।जिल्लामा बिरामीलाई रगत अभाव हुँदा सेना-प्रहरीको सहयोग लिनु पर्ने समस्या उत्पन्न भैरहेको छ।यसलाई मध्यनजर गर्दै जिल्ला अस्पताल बैतडीमा मिनी ब्लड बैंक स्थापना गर्न तीव्र तयारी भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार ब्लड बैंक सञ्चालन भएपछि सुरक्षित र व्यवस्थित रूपमा रगत उपलब्ध हुनेछ र उपचारमा देखिएको समस्यामा कमी आउने अपेक्षा गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी, दशरथचन्द नगरपालिका र जिल्ला अस्पतालबीच जिम्मेवारी बाँडफाँट गरिएको छ। नगरपालिकाले जनशक्ति उपलब्ध गराउने, रेडक्रसले तालिम र प्राविधिक स्रोत-साधन व्यवस्थापन गर्ने,र जिल्ला अस्पतालले आवश्यक उपकरण, सामग्री र स्थान प्रदान गर्ने निर्णय गरिएको छ।

पौडेलले भने,“सम्बन्धित निकायहरूले आफ्नो-आफ्नो जिम्मेवारी लिएपछि केही दिनभित्रै मिनी ब्लड बैंक सञ्चालनमा आउने तयारी भइरहेको छ।नियमित रक्त सङ्कलन भएपछि नखपत रगत डडेल्धुरा,धनगढी र कञ्चनपुरका ब्लड बैंकमा पठाइने व्यवस्था मिलाइने छ।”

यसले रगत नष्ट हुने समस्या कम गर्ने र आन्तरिक सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु