एनपीएलमा लुम्बिनी र चितवन खेल्दै : लुम्बिनी पहिलो र चितवन दोस्रो जितको खोजीमा

छिनोफानो   बिहिबार ०५, मङि्सर २०८२ १२:०४

काठमाण्डौ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्स र चितवन राईनोज खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ ।

आजको खेल यो सिजनको पाँचौ खेल हो । लुम्बिनीका लागि आजको खेल यो सिजनको पहिलो खेल हुनेछ भने चितवन दोस्रो जितको खोजीमा छ । अस्ति चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।

अघिल्लो संस्करणको एनपीएलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको थियो । एनपीएलको पहिलो सिजनमा लुम्बिनी अंक तालिकाको पुछारमा रह्यो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी आजको खेलबाट राम्रो शुरूवात गर्ने योजनामा छ ।

तर यसअघि नै कर्णालीलाई हराइसकेको कुशल मल्लको कप्तानीमा रहको चितवन उच्च मनोबलका साथ मैदान उत्रदैछ । लुम्बिनीले यसपटक ब्याटिङ अलराउन्डर अफगानिस्तानका मोहमद नैबलाई टोलीमा भित्र्याएको छ भने चितवनबाट इंग्लयाण्डका रबि बोपारा खेल्नेछन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु