आज विश्व बाल दिवस : बालबालिकाका आवाज सुन्न युनिसेफको आह्वान

छिनोफानो   बिहिबार ०५, मङि्सर २०८२ १२:०६

काठमाण्डौ – विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । राष्ट्रसङ्घको आह्वानमा सन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को अगुवाइमा यो दिवस सबै देशमा मनाइन्छ । यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेको छ ।

युनिसेफले बालबालिकाको जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ । यसै अवसरमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालबालिकाका आवाजलाई सम्बोधन गर्न सबैलाई आग्रह गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु