गेटामा पूर्ण क्षमताको अस्पताल र चिकित्सा अध्ययन छिटै सुरू हुन्छः मन्त्री पुन

छिनोफानो   शुक्रबार ०६, मङि्सर २०८२ १०:५८

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा पूर्ण क्षमताको अस्पताल सुरू गर्ने बताएका छन्। अहिले स्वास्थ्य मन्त्रालय मातहत रहेको अस्पताललाई शिक्षा मन्त्रालय मातहत ल्याएर छिट्टै ६ सय शय्याको अस्पताल सञ्चालनमा ल्याइने मन्त्री पुनले बताएका हुन्।

बिहीवार सहिद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समितिको ज्ञापनपत्र बुझ्दै मन्त्री पुनले यसै शैक्षिकसत्रमा चिकित्सा शिक्षाको पढाइ सुरू गर्ने बताएका हुन्। मन्त्री पुनले तत्काल ६ सय शय्याको अस्पताल र यसै वर्ष चिकित्सा शास्त्र अध्यान सञ्चालनसँगै उपकुलपति र रजिस्ट्रि नियुक्त गरिने बताएका हुन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय सरोकार तथा समन्वय समितिका संयोजक लोगराज पाण्डेले मन्त्रालयमै पुगेर ज्ञापन पत्र बुझाएका हुन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु