ब्राजिलको बेलेममा भइरहेको राष्ट्रसङ्घको कोप ३० जलवायु सम्मेलन स्थलमा हिजो आगलागी भएपछि सहभागीहरूलाई सुरक्षित बाहिर सारिएको छ । घटनामा १३ जनालाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या देखिएको बीबीसीले जनाएको छ ।
आगो कसरी लाग्यो भन्ने बारे अहिलेसम्म स्पष्ट नभएको खबरमा उल्लेख छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान छ । घटनास्थलमा भागदौड मच्चिएको भिडियो तथा तस्बिरहरु अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले प्रकाशन/प्रसारण गरेका छन् । राष्ट्रसङ्घले आगो नियन्त्रण भएपछि सुरक्षा जाँच गरिरहेको र ब्राजिलका अधिकारीहरूले अस्थायी रूपमा सम्मेलन स्थलको तयार गरेका छन् ।
कोप–३० मा विश्वका झन्डै दुई सय देशका प्रतिनिधिहरू जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दाका बारेमा छलफलमा छन् । हिजो आगलागीका कारण राेकिएकाे बैठक आज फेरी शुरू हुने तय भएको खबरमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस