कञ्चनपुर।जिल्ला सरकारी वकिल कार्यालय महेन्द्रनगर, कञ्चनपुरले जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनी र तोडफोड गर्नेबारे छानबिनको मागसहित प्रहरीमा जाहेरी दिएको छ ।
गत भदौ २४ गते जेनजी समूहले जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी गर्नुका साथै उपकरण तोडफोड गरेको थियो।
कार्यालयको भुइँ तलामा भएको आगजनी र उपकरण तोडफोड गर्नेको छानबिन गरेर कारबाहीको मागसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएको जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका न्यायाधिवक्ता फटिकराज मुडभरीले बताए।
मुडभरीका अनुसार जिल्ला सरकारी वकिल कार्यालयमा रहेका कम्प्युटर, फर्निचर र सिसिटिभीलगायतका उपकरणमा भएको तोडफोड र आगजनीबाट १३ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रतिकृया दिनुहोस