काठमाडौं । सोमबार भएको तीन डीआइजीको सरुवाप्रति एक डीआईजीले फेसबुकबाटै आलोचना गरेका छन्। डीआईजी जयराज सापकोटाले फौजी संगठनको अनुशासनविपरीत टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्,‘हम कभी नही सुध्रेङगे, नेपाल पुलिस डीआईजीपी पोष्टिङ ।’ सोमबारको सरुवामा डीआईजी बिनोद घिमिरेलाई कोशी प्रदेशमा सरुवा गरिएको छ । सापकोटा पनि कोशी प्रदेश जान चाहेका थिए ।
उनी मोरङका स्थानीय हुन् । प्रदेश जान नपाएकोमा उनले फेसबुकमै असन्तुष्टि पोखेको बताइन्छ । उनी कार्य विभागमा कार्यरत छन् ।
सापकोटा राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन् । गत जेठमा उनी बढुवा भएका हुन् । यसरी सरुवाप्रति फेसबुकमै लेखेको विषयमा प्रहरी अनुशासनअनुसार उनीमाथि कारबाही हुनसक्ने अवस्था छ ।
प्रतिकृया दिनुहोस