एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा

छिनोफानो   बिहिबार १२, मङि्सर २०८२ १०:४४

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले आज सूचना निकालेर सय रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको जानकारी गराएको हो ।

पूर्व गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोटमा दृष्टिविहीनका लागि विशेष व्यवस्था गरिएको छ । दृष्टिविहीनहरुलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

साबिककै आकार तथा रङमा रहेको नोटको अगाडितर्फको मध्य भागमा नेपालको चुच्चे नक्सा रहेको छ । मध्य भागमा नेपालको नक्सा सहित अशोक स्तम्भको चित्र रहेको छ । नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।

सुरक्षाको लागि नोटमा २ मिमी चौडा भएको र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ । नोटको पछिल्लोतर्फको मध्यभागमा एकसिंगे गैडाको माउ र बच्चाको चित्र रहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु