२४ घण्टामा ३ सय ८५ जनामा काेराेना पुष्टि, २ सय ५८ जना निकाे

छिनोफानो   सोमबार ०६, मङि्सर २०७८ ०५:२७

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर तीन सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव शून्य तीन प्रतिशत अर्थात् तीन सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १९ हजार तीन सय ८६ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार तीन सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६ सय १७ जना पुगेको छ ।

यही अवधिमा थप चार जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय पुगेको छ ।

अहिले नेपालमा सात हजार दुई सय ६९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

यसैबीच पछिल्लो २४ घण्टामा ७१ हजार चार सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ७९ लाख ५२ हजार तीन सय ८६ जना पुगेको छ । ९१ लाख ४५ हजार चार सय ८० जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।

सरकारले आज साेमवारदेखि देशभर नै १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । यसअघि लक्षित वर्गको आधारमा खोप लगाउने गरिएको थियो । यस्तै १२ देखि १७ वर्ष उमेर समूहका लागि काठमाण्डौ उपत्यकासहित प्रदेशस्तरमा रहेका २४ वटा खोप केन्द्रबाट फाइजर खोप लगाइरहेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु