जिल्ला अस्पतालको आन्तरिक श्रोतको पैसामा कर्मचारीको बर्षौ देखि मोज मस्ती,हितेश एक्लैले ११ लाख कुम्ल्याए

पवन भण्डारी   बुधबार ३०, असोज २०८१ १०:२५

पवन भण्डारी । जिल्ला अस्पताल अछाममा अस्पतालको आन्तरिक आय बाफतको  रकम कर्मचारीले बर्षौ देखि मोज मस्ती  गर्दै आएका छन ।  

अस्पतालको टिकट, ल्याब परीक्षण लगायतको शुल्क अस्पतालका कर्मचारीले मिलेर खाने गरेको बुझिएको छ । जिल्ला अस्पतालको आर्थिक बर्ष २०८०/०८१ को आन्तरिक लेखा परीक्षण रिपोर्टमा अस्पताल भित्रका कर्मचारीको करिब १५ लाख बेरुजु देखिएको छ ।

 जिल्ला अस्पतालमा कार्यरत हितेश खडकाले मात्र अस्पतालको १० लाख ७४ हजार ६ सय ७४ रुपैयाँ हिनामिना गरेको जिल्ला अस्पताल अछामको आ ले प रिपोर्टमा उल्लेख रहेको छ  । खड्काले २०७८ साल देखि नै अस्पतालको पैसा हिनामिना गर्दै आएको ,र २०७८ मा ६ लाख रहेको र हाल करिब ११ लाख पुगी सकेको श्रोतले बताएको छ । 

 

खडकाले अस्पतालको पैसा हिनामिना गर्दा पनि अस्पताल प्रशासन मौन रहेको छ । खडकाले तिर्नुपर्ने रकम मिनाहा गर्न पटक पटक परिवर्तन भएका मेसुले खोजे पनि केही कर्मचारीले विरोध गरेपछि सो रकम मिनाहा नभएको समाचार श्रोत बत्ताउँछ । 

 

खडका लगायत करारमा कार्यरत विमला देवकोटाको नाममा समेत १ लाख ५३ हजार ६ सय २० रुपैयाँ बेरुजु रहेको छ । देवकोटाले २४ हजार ६७ रुपैयाँ अस्पतालको खातामा जम्मा गरिसकेको बताइएको छ ।

 

अर्का कर्मचारी चमेली ढकालले समेत करिब १ लाख ९१ हजार बेरुजु आलेपको रिपोर्टमा देखाएको छ भने अस्पतालले उपलब्ध गराएको सूचनामा सो रकम असुल भैईसकेको उल्लेख छ ।  कर्मचारी दीपेन्द्र शर्माको नाममा समेत ४१ हजार बेरुजु रहेको छ भने बल बहादुर सेट्टी १६ हजार ,कल्पना खड्का २८सय ३० र प्रेम ढुङ्गानाको नाममा ३ हजार ४ सय २० रुपैयाँ बेरुजु देखिएको छ । तर अस्पतालले सेट्टी ,खड्का ,ढुङ्गाना र ढकालले आफूले तिर्नु पर्ने पैसा चुक्ता गरिसकेको जानकारी दिएको छ । 

 

खडका लगायतका कर्मचारीले हिनामिना गरेको रकम केही समय अगाडि अस्पतालले मिनाहा गर्न खोज्दा तत्कालीन  मेसु डाक्टर रबी यादवले न मान्दा सो रकम मिनाहाबाट रोकिएको समाचार श्रोत भन्छ । जिल्ला अस्पताल अछाममा कर्मचारीले अस्पतालको पैसा हिनामिना गर्दा पनि अस्पताल व्यवस्थापन समिति बेखबर रहेको छ । 

 

अस्पताल भित्रको आन्तरिक रकम केही कर्मचारीले मिलेर खाए पछि सो बारे अन्य केही कर्मचारीले विरोध गर्दै आएका थिए ।  जिल्ला अस्पताल अछाममा कार्यरत एक कर्मचारी भन्छन् "हामीले सो रकम फिर्ता गर्नु पर्छ भन्दै पटक पटक आवाज उठाएका हौ तर हाम्रो कुरा कसैले सुनेन ।  

 

आफूहरूले सो बेरुजु रकम यथाशीघ्र अस्पताल प्रशासनलाई बुझाउनु पर्छ भन्दा उनीहरू चुप बस्ने गरेको   उनले बताए । अहिले पनि सो रकम मिनाहा गर्न राजनैतिक दवाफ आउने गरेको समाचार श्रोतको भनाई छ ।

 अस्पताल भित्रको आन्तरिक श्रोतको पैसा यसरी कर्मचारीले मोजमस्ति गर्दा समेत अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासन निरीह बनेको देखिन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु