कञ्चनपुरदेखि बैतडीका लागि सवार यात्रुवाहक बस डडेलधुरामा दुर्घटना

छिनोफानो   बुधबार ३०, असोज २०८१ ०६:२७

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि सवार यात्रुवाहक बस डडेलधुराको खसरेकाेखानमा गएराति दुर्घटनामा परेको छ ।

पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते हुनु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका ३ बस्ने ४५ वर्षीया जैमति बोहरा, २२ वर्षीय सहदेव बोहरा, २० वर्षीया कमला बोहरा, उहाँको दुधे बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ बस्ने २५ वर्षीय दिनेश साउँद, वडा नं. ५ बस्ने ६५ वर्षीया धनमति साउँद, डडेलधुराको आलिताल गाउँपालिका १ बस्ने २१ वर्षीय मुकुन्द बोहरा, वडा नं. ६ बस्ने २४ वर्षीय राजेन्द्र साउँद, वडा नं. ७ बस्ने २४ वर्षीय नवराज साउँद, २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं. ८ बस्ने ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक वीरेन्द्र बोहरा, वडा नं. १० बस्ने दामोदर महरा र धनबहादुर महरा हुनुहुन्छ ।

घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको डडेलधुरा प्रहरीले जनाएको छ । दुर्घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु