सिन्धुपाल्चोकमा आगलागी हुँदा तीन बालकको ज्यान गयो

छिनोफानो   मङ्गलबार ०७, मङि्सर २०७८ ०९:२६

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन बालकको ज्यान गएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो ।

मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु