प्रचण्ड कैलाली आउँदै

छिनोफानो   मङ्गलबार ०७, मङि्सर २०७८ ११:३३

मंसिर । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आउने भएका छन् । भजनी नगरपालिका कार्यालयको भवन उद्घाटन र पार्टीका कार्यक्रमहरुमा सहभागी हुन अध्यक्ष प्रचण्ड बुधबार बिहान धनगढी आइपुग्ने नेकपा माओवादी केन्द्र कैलालीले जनाएको छ ।

नियमित उडानबाट बिहान करिब ८ बजे धनगढी विमानस्थल आइपुग्ने प्रचण्ड त्यहाँबाट पूर्व–पश्चिम राजमार्ग हुँदै सिधै भजनी जाने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्डले भजनीमा भजनी नगरपालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेपछि बौनियामा नेकपा माओवादी केन्द्रको बर्दगोरिया गाउँपालिका अधिवेशन सहभागी हुने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालबहादुर सोडारीले जानकारी दिए ।

गाउँपालिका अधिवेशनको उद्घाटन गरेर उनी धनगढी आउने छन् । धनगढीमा प्रचण्डले माओवादीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने र बुधबार बेलुकीनै काठमाडौँ फर्कने जिल्ला अध्यक्ष सोडारीले जानकारी दिए । अध्यक्ष प्रचण्ड आउने भएपछि यहाँका नेता, कार्यकर्ताहरु आवश्यक तयारीमा जुटेका छन् ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु