डोटीमा कुटपिटबाट एक जनाको ज्यान गयो

छिनोफानो   मङ्गलबार ०७, मङि्सर २०७८ ११:५१

डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ उल्टेपानीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । कुटपिटबाट ४९ वर्षीय धनबहादुर मगरको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो ।

मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको चन्दले बताउनु भयो ।कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौताराको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु