मोटरसाइकलको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु, दुई घाइते

छिनोफानो   मङ्गलबार ०७, मङि्सर २०७८ ११:५५

कैलाली। कैलालीको गौरीगंगा नगरपालिका–४, राजिपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । दुर्घटनामा साइकलयात्री स्थानीय ५५ वर्षीय धनबहादुर नेपालीको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइते भएका मोटरसाइकल चालक गौरीगंगा–८ का ३७ वर्षीय तिलकबहादुर बोहोरा र पछाडि सवार गौरीगंगा–११ का ४८ वर्षीय गोरखबहादुर बोहोराको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हिजो साँझ करिब ५ बजे सुदूरपश्चिम प्रदेश ०१ ००९ प २९०० नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिएको अस्थायी प्रहरी पोस्ट राजिपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु