मालाखेतीका डिएसपी शाही नगदसहित पुरस्कृत

छिनोफानो   मङ्गलबार ०७, मङि्सर २०७८ ०२:४५

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले ईलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीलाई पुरस्कृत गरेको छ । मंगलबार कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले नगदसहित शाहीलाई पुरस्कृत गरेका हुन ।

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार मा रहेको अति संवेदनशील स्थानको शान्ति सुरक्षा अमन चयन कायम गर्न सक्रिय भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले डिएसपी शाहीलाई पुरस्कृत गरेको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी दरबन्दी भएका शाही एक वर्षदेखि इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डिएसपी शाहीको सक्रियतामा विभिन्न मितिमा लागुऔषध बरामद, फरार प्रतिवादी पक्राउ, अवैध सुन बरामद, दुई करोड बरावरको राजश्व छली गरेको स्टिकर बरामद गरिएको थियो ।

तोकिएको जिम्मेवारी पूर्ण ईमान्दारी, बफादारी एवं कर्तव्य निष्ठताका साथ प्रशंसनीय एवं अनुकरणीय तवरले कार्य सम्पादन गरेको हुँदा डिएसपी शाहीलाई नगद एक हजार पाँच सय सहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्व अधिकारीले जानकारी दिए ।

डिएसपी शाहीले गरेका कामको उचित मुल्याङकन गर्दै कदर स्वरूप नगद पुरस्कारद्वारा अभिलेखमा जनिने गरी पुरस्कृत गरिएको हो । साथै अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रभाव परेको र कार्य सम्पादनमा अझ बढी टेवा पुग्ने प्रहरी उपरीक्षक अधिकारीले विश्वास व्यक्त गरे । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु