नेकपा अछामले पार्टी पुनर्गठन दिवसको अवसरमा बयालपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण

छिनोफानो   मङ्गलबार ०७, मङि्सर २०७८ ०५:३२

नेपाल कम्युनिस्ट पार्टी अछाम द्धारा ८औं पार्टी पुनर्गठन दिवसको को अवसरमा बयालपाटा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण कार्यक्रम गरेको थियो । कार्यक्रम नेकपा अछामका जिल्ला सचिव तपेन्द्र तिमिल्सिना ' संघर्ष ' को नेतृत्व मा भएको थियो ।

कार्यक्रमलाई अस्पतालका कर्मचारीले सहजिकरण गरेका थिए। फलफुल विरतण कार्यक्रममा जिल्लासचिव संघर्षले बिरामीहरुको शिघ्र स्वास्थलाभको शुभकामना दिनु भएको थियो। र बयालपाटा अस्पतालले जनताहरुलाई दिएको सेवा प्रति धन्यवाद दिदै आगामी दिनमा अस्पतालले अझै राम्रो गरेर जवस भन्दै शुभकामना पनि दिनु भएको थियो।

अस्पतालका राम्रा कामको सधै समर्थन गर्ने पनि बताएनु भयो। अस्पतालमा पछिल्लो समय केही नराम्रा घटना भएको भन्दै आपत्ति जनाउनु भएको थियो र यस्ता घटना अहिलेको दलाल संसदिय व्यवस्थाले गर्दा भएको बताउनु भयो।

जिल्ला पार्टी अछामले ८ औं पार्टी पुनर्गठन दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर पार्टी पुनर्गठन दिवस सफल पार्न अाहाव्न हरेको छ। फलफुल वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी अछामका सचिवालय सदस्य निरक शाही, जिल्ला कमिटी सदस्य विकास लगायतका नेता कार्याकर्ताको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु